लोकदोहोरी प्रतिष्ठान मकवानपुरको सातौं अधिवेशन ३२ गते

नवयुग संवाददाता
२६ श्रावण २०७६, आईतवार १८:४८

मकवानपुर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मकवानपुर शाखाको सातौं अधिवेशन यही ३२ गते हेटौंडामा हुने भएको छ । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष एवम् लोक गायक बद्री पंगेनीको प्रमुख आतिथ्यतामा हेटौंडाको पल्पसा हलमा अधिवेशन हुने जनाइएको छ ।

अधिवेशनको सन्दर्भमा हेटौंडामा आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका मकवानपुर शाखा अध्यक्ष राजन बोगटीले अधिवेशनबाट नयाँ कार्यसमिति चयन हुने जानकारी दिए ।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय पदाधिकारी एवम् सदस्यहरुको सहभागिता रहने आयोजकले जनाएको छ । ६०० साधारण सदस्य रहेको मकवानपुर शाखामा बोगटीले २ कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । अधिवेशनमा सांस्कृतिक एवम् सांगीतिक कार्यक्रम समेत रहने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*