मोडलिङमा रमाउँदै हेटौंडाका नवीन मिश्र

नवयुग संवाददाता
२७ श्रावण २०७६, सोमबार ०८:००

मकवानपुर । युवा पुस्ताको मोडलिङ क्षेत्रमा आकर्षण बढेसँगै अवसर र चुनौतीहरु थपिएका छन् । युवा पुस्ताको सर्वाधिक रोजाइमा परेको मोडलिङ क्षेत्र दिनानुदिन फैलिदै गएको छ । त्यस्तै हेटौंडामा रहेर विद्यार्थी राजनीतिमा सक्रिय नवीन मिश्र मोडलिङ र अभिनयमा समेत अब्बल हुन प्रयासरत छन् ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हेटौंडा क्याम्पसका सचिव समेत रहेका मिश्रले २ वटा म्युजिक भिडियो र १ कभर भिडियोमा अभिनय दिइसकेका छन् । पछिल्लो पटक उनले बलिउड चलचित्र कबिर सिंहको गीतको कभर भिडियोमा अभिनय गरेका छन् ।

यसअघि उनले गायक प्रमोद खरेलको आवाजमा रहेको ‘आँशु झारी नरोऊ प्रिय’ र हेमन्त रुम्बाले गाएको ‘सल्काइ दीप’ गीतको भिडियो खेलका थिए । २३ वर्षिय मिश्र अझै मेहनतका साथ अभिनय र कलालाई अँझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा समेत स्थापित हुन चाहन्छन् । अभिनयमा सानैदेखि रुचि रहेको बताउने मिश्रले अब चलचित्रको तयारी गरिरहेका छन् ।

विद्यार्थी राजनीति सँगसँगै कला क्षेत्रमा समेत कुशल बनेर समाजलाई योगदान गर्ने इच्छा उनीमा रहेको बुझ्न सकिन्छ । उनले आफ्ना भिडियोहरुबाट आउने पारिश्रमिक गरिब एवम् जेहेन्दार विद्यार्थीकै लागि खर्च गर्ने बताएका छन् ।

हाल हेटौंडा क्याम्पसमै स्नातकोत्तर अध्ययन गरिरहेका मिश्र मदन भण्डारी स्पोर्टस् एकेडेमी विद्यालय शिक्षक संघ मकवानपुरको सचिव समेत हुन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*