श्रृजनशील महिला उद्यमी मेला सफल हुने विश्वास छ: अध्यक्ष पाण्डे

नवयुग संवाददाता
४ भाद्र २०७६, बुधबार १७:५२

मकवानपुर । हेटौंडामा पहिलो पटक श्रृजनशील महिला उद्यमी मेला हुँदैछ । मकवानपुर महिला उद्यमी व्यवसायी संघ एवम् महिला श्रृजनशिल केन्द्र, काठमाडौंको आयोजनामा सृजनशिल उद्यमी मेला हेटौंडाको पल्पसा हलमा भाद्र ५ देखि ७ गतेसम्म सञ्चालन हुँदैछ । चितवन, काठमाण्डौ र मकवानपुरका महिला उद्यमीले भाग लिने मेलामा करिब ५० स्टल रहने आयोजकले जनाएको छ ।

मेलाकै विषयमा रहेर मकवानपुर महिला उद्यमी व्यवसायी संघकी अध्यक्ष सुशिला पाण्डेसंग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

मेला आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?

विशेष गरि महिला उद्यमीले तयार गरेका सामान उत्पादन गरे पनि बजारको समस्या रहेको छ । मेलाले प्रवद्र्धनमा टेवा पुग्ने आशाका साथ सञ्चालन गर्न लागेका हौँ । घरेलु तथा हस्तकला सामानको प्रयोग बढाउन विभिन्न पक्षसँग लविङ पनि गरिरहेका छौँ ।
बजारको चुनौतीसँगै अहिले पनि महिलालाई उद्योग सञ्चालन गर्न आर्थिक समस्या रहेको छ । समयमा ऋण नपाउने अवस्था छ । विगतको तुलनामा सरकारले पनि महिला उद्यमीलाई सहयोग गरिरहेको पाउन सक्छौ । सहयोग गर्ने नीतिलाई पूर्ण सदुपयोग गर्न सकिएको छैन । उद्यमशीलता बढाउनका लागि क्षमता विकास गर्न हामीदे यस मेलाको आयोजना गरेका हौँ ।

पहिलोचोटी गर्दै हुनुन्छ , मेलाबाट के–कति सफलता मिल्ने अपेक्षा छ ?

सफलता त अवश्य मिल्छ जस्तो लाग्छ । किनकि हाम्रो यो जिल्लामा नै प्रथम पटक हो । यस्तो खालको मेला अहिलेसम्म भएको छैन् । विशेष गरि नारीहरुको महानचाड तीजलाई समेत यस मेलाले लक्षित गरेको छ । जहाँ महिला दिदिबहिनिहरुका लागि हरेक सामान यहाँ उपलब्ध गराइएको छ । यसले बजार प्रवद्र्धनसँगै महिलाहरूको बीचमा चिनजान पनि बढाउँछ ।  उद्यमी र उपभोक्ताबीचको दूरी मेटाउने प्रयास पनि हुने छ । राष्ट्रिय रूपमा मकवानपुरको उत्पादनको बजार प्रवद्र्धनका लागि पनि यसले सघाउनेछ सफलता त अवश्य हुन्छ नै । यसको मेलाको सफतालाई हेरेरनै अर्को वर्ष पनि सफल पार्ने कोसिशमा छौ हामी ।

महिला उद्यमीले तयार गरेका सामान उत्पादन गरे पनि बजारको समस्या छ भन्नु भयो । विशेष गरि के कस्ता खालका समस्या भोग्न महिला उद्यमी बाध्य छन् ?

महिला उद्यमीले उत्पादन गरेको सामानको बजारीकरणको समस्या भोग्नुपरेको छ, हो यो सत्य कुरा । विभिन्न जिल्लामा उत्पादन भएका वस्तुको बजार प्रवर्दधन गर्ने मेलाको मुख्य उद्देश्य हो । हाम्रो मुख्य उदेश्य महिला उद्यमीको आर्थिक समृद्धि हो । मेलाले उत्पादित वस्तुको बजार व्यवस्थापन र प्रवर्दधनमा ठूलो भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा छ । महिलाको मुख्य समस्या भनेको मार्केकेटीङ कमजोर हुनु हो । मार्केटिङ क्षमता विकासका लागि तालिम दिने गरेका छौ । घरेलु उद्यम सञ्चालन गर्ने तर उद्योगको रूपमा दर्ता नगर्ने चलन पनि छ । हामी उद्यमीहरूलाई दर्ता हुन प्रेरीत गरिरहेका छौ ।

मेलामा विशेष आर्कषण के हुने छ?
मेलाको विशेष आर्कषण भनेकै घरेलु तथा हस्तकला हो । जसमा बुनेको सामानहरु उनेका कपडाका लुगाहरु रहने छ । यस मेलालाई लक्षित गरि हामीले भिमफेदी कारागारबाट कैदिबन्दीहरुले बुनेका मुडाहरु समेत प्रर्दशनी गर्ने छौ । साथै ओम वृद्ध आश्रम र दिव्य सेवा निकेतन आश्रमका वृद्धवृद्धाले काटेका बत्ती तथा उनेका कपडाहरुको समेत राख्ने छौ । त्यस्तै अहिले दिदिबहिनिहरुको माग अनुसार, विभिन्न क्रिष्टलका पोतेहरु रहेको छ यसमा पनि विभिन्न डिजाईनका पोतेको आकार यस मेलाको विशेष आर्कषण हुने छ । ५० वटा स्टल मध्ये ३० वटा हाम्रै घरेलु तथा हस्तकलाहरुको स्टल रहने छ ।

यस मेलाले महिला दिदीबहिनीहरुलाई कस्तो सन्देश दिन्छ ?
नेपालले राजनीतिक रूपमा महिला अधिकारका क्षेत्रमा उपलब्धि हासिल गरेर राज्यको नीति निर्माण तहमा सहभागिता बढाउन सफल भए पनि यसको दिगोपना अर्थात निरन्तरताका लागि महिला सशक्तीकरण नै एकमात्र विकल्प हो । महिला उद्यमशीलताका दृष्टिले नेपाल अझै पनि पछाडि नै देखिन्छ । त्यसै पनि महिलाहरू आर्थिक रूपमा सबल र सक्षम नभएसम्म उनीहरूको सशक्तीकरणको प्रयासले सार्थकता पाउन सक्दैन ।

जबसम्म घरखर्च चलाउनसमेत पुरुषको भर पर्नुपर्ने अवस्था रहन्छ, तबसम्म महिला सशक्तीकरणका कुरा बौद्धिक बहसमा मात्र सीमित हुनेखालका प्रवृत्ति अझैपनि देखिन्छ । यसैले हरेक महिलालाई उद्यमशील बन्न प्रेरित गर्न यस मेलाले ठुलो भुमिका खेल्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*