हेटौंडामा रबीनाको एकल कविता साँझ सम्पन्न

नवयुग संवाददाता
७ भाद्र २०७६, शनिबार १२:५२

मकवानपुर । युवा पुस्तामाझ लोकप्रीय कवियत्री रबीना घिमिरे (जिज्ञासु) को एकल कविता बाचन साँझ हेटौंडामा सम्पन्न भएको छ । शुक्रबार क्रियटिभ युवा क्लबको आयोजनामा कविता साँझ सम्पन्न भएको हो ।
क्लबका अध्यक्ष आशिष अस्लामी मगरको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रलेस अध्यक्ष शान्ती प्रिय बन्दना, साहित्यकारहरु डिबि बर्तौला, यश लामा, शुभचिन्तकहरु सन्तोष पौडेल, निरज सिंह ठकुरी, स्वबियु हेटौंडा क्याम्पस अध्यक्ष उमेस पुरी, स्वबियु मकवानपुर क्याम्पस सचिव आकास अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*