मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई इन्द्र सपिङ मार्टको सहयोग

नवयुग संवाददाता
१७ भाद्र २०७६, मंगलवार १९:३८

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं ४ मा रहेको इन्द्र सपिङ मार्टले मदन भण्डारी स्पोर्टस् एकेडेमी मकवानपुरलाई २० थान जर्सी सहयोग गरेको छ ।
जिल्ला लिग फुटबल प्रतियोगितामा सहभागी भएको एकेडेमीलाई मार्टले जर्सी सहयोग गरेको हो । जर्सी हस्तान्तरण गर्दै इन्द्र सपिङ मार्टका ईश्वरी श्रेष्ठले खेलाडीरुलाई जितको शुभकामना समेत दिएका छन् । एकेडेमीका अध्यक्ष निरज सिं ठकुरीले सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेका छन् । कार्यक्रममा मदन भण्डारी फाउण्डेसनका केन्द्रीय सदस्य नवीन सिग्देल, एकेडेमी मकवानपुरका उपाध्यक्ष प्रकाश सुवेदी, सचिव आकाश अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*