नेपाल ओलम्पिक कमिटीको निर्वाचन आज

नवयुग संवाददाता
२८ भाद्र २०७६, शनिबार ०४:२६

काठमाडौं । नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्व चुन्न आज (शनिबार) निर्वाचन हुँदैछ । सर्वोच्चले निर्वाचनको बाटो खोलिदिएपछि आज बिहान ८ बजेदेखि सातदोबाटोस्थित कार्यालयमा निर्वाचन गर्न लागिएको हो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाको पर्यवेक्षणमा निर्वाचन हुने जानकारी दिए ।

नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्वका लागि जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ मैदानमा छन् । महासचिव पदमा भने उमेशलाल पक्षबाट पुरेन्द्रविक्रम लाखे र जीवनराम प्यानलबाट निलेन्द्रराज श्रेष्ठ छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*