हिरो मोटरसाइकल किन्नेलाई हेटौंडामा अलिशा अटोमोटिभको अफर नै अफर

जिरो पर्सेन्ट डाउनपेमेन्ट देखि एक लाखसम्मको स्क्र्याच
नवयुग संवाददाता
६ आश्विन २०७६, सोमबार १२:००

मकवानपुर । हेटौंडाका लागि हिरो मोटरसाइकलको एकमात्र आधिकारिक विक्रेता अलिशा अटोमोटिभले मोटरसाइकल खरिद गर्ने ग्राहकहरुलाई लक्षित गर्दै अफर नै अफर ल्याएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं ४ स्थित बालकुमारी पार्टी प्यालेस अगाडि रहेको अटोमोटिभले सीमित अवधि र सीमित संख्याका लागि थुप्रै योजना ल्याएको हो ।

जिरो पर्सेन्ट डाउनपेमेन्टमा हिरोको कुनै पनि मोटरसाइकल वा स्कुटर सजिलै लिन सकिने आकर्षक योजना रहेको अलिशा अटोमोटिभका प्रोपाइटर ओम् गिरीले बताए । त्यससँगै पक्का डिस्काउन्ट पाँच हजार रुपैयाँ, हरेक स्क्र्याचमा एक लाखसम्मको छुट र एक्स्चेन्ज अफर समेत चालू भैरहेको उनले जानकारी दिए ।  तीबाहेक हिरोले केही साता अगाडि बजारमा ल्याएको एक्सपल्स २०० टी मोटरसाइकल र प्लेजर प्लस स्कुटर पनि सोरुममा उपलब्ध रहेको उनले बताए । हेटौंडामा यी दुवै मोटरसाइकल र स्कुटरलाई ग्राहकले अत्याधिक रुचाएको उनको भनाइ छ । त्यस्तै हिरोको डेस्टिनी आइथ्रीएस स्कुटरलाई समेत स्कुटरका पारखीहरुले मन पराएको उनले बताए ।

एक्सपल्स २००टी को मूल्य तीन लाख ३२ हजार रुपैयाँ र एक्स्ट्रिम २००एस को मूल्य तीन लाख २२ हजार रुपैयाँ तथा प्लेजर प्लसको मूल्य एक लाख ८७ हजार रुपैयाँ कायम गरिएको प्रोपाइटर गिरीले जानकारी दिए ।

एक्सपल्स २००टी

रोमाञ्चक उत्पादन उपलब्ध गराउने क्रममा अझ धेरै उर्जाका साथ पेश गरिएको एक्सपल्स २००टी एक यात्रादायी मोटरसाइकल हो जसले रेट्रो स्टाइलमा आधुनिक प्रविधि प्रस्तुत गर्दछ । भ्रमणमा जान रुचाउने युवा पुस्ताहरु लक्षित गरि निर्माण गरिएको एक्सपल्स २००टी आधुनिक रेट्रो संरचना र सवारी सहजताको सही संयोजन खोजिरहेका युवाहरुको लागि सटिक मोटरसाइकल हुनेछ ।

एक्सपल्स २०० टी मा २०० सीसी सीभी कार्बुरेटर इन्जिन जडान गरिएको छ । यो इन्जिनले १८.४ पीएस शक्ति र १७.१ एनएम टर्क प्रदान गर्छ । यो मोटरसाइकल सुरक्षा र सुविधाजनक गुणका विशेषताहरुले भरिएको । जसमा एकल च्यानल एबिएस, मोड मोडको परिचालन, एलईडी हेडल्याम्प र टेलल्याम्प, ब्लुटुथ सहितको डिजिटल गतिसूचक यन्त्र, टाइ प्वाइन्टहरुयुक्त ठूलो आसन र रबर प्याडहरुको साथमा सामान राख्ने प्लेट रहेका छन् । यो क्यान्डी ब्लेजिङ रेड, ब्ल्याक, म्याटे सिल्ड गोल्ड र म्याटे एक्सिस ग्रेमा उपलब्ध छ ।

प्लेजर प्लस ११०

नयाँ प्लेजर प्लस ११० मा रेट्रो डिजाइन र पर्फरमेन्ससहितको शक्तिशाली प्रभावकारी शक्तियुक्त छ । यस स्कुटरमा जडान गरिएको नयाँ ११० सीसी इन्जिन जसले ७५०० आरपीएममा ८ बीएचपीको शक्ति प्रदान गर्छ । यसका अलावा स्कुटरले ५५०० आरपीएममा ८.७ एनएमको अधिकतम असरदार टर्क प्रदान गर्दछ ।

प्लेजर प्लस ११० मा डिजाइन तत्वहरु जस्तै नयाँ रेट्रो फ्रन्ट, स्लीक रियर पुच्छ्रे बत्ती, र दोहोरो विन्यास सिटसहित आधुनिक र पुरातन बनावटको सही सन्तुलन पाउन सकिन्छ ।

चालकको सुविधा र सुरक्षालाई मध्यनजर राखेर स्कूटरमा युएसबी चार्जरलाई अग्रभागको खल्ती नजिकै सजिलै भेटिने गरी राखिएको छ । यसमा एलइडि बूट बत्ती, एकीकृत ब्रेक लगाउने प्रणाली र इन्धन तथा साइड स्ट्याण्ड संकेतकसहित नयाँ ब्याकलिट गतिसूचक यन्त्र जस्ता विशेषताहरु विद्यमान छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*