हेटौंडामा मंगलबारदेखि निःशुल्क डेङ्गु परीक्षण हुँदै

नवयुग संवाददाता
६ आश्विन २०७६, सोमबार २१:४६

मकवानपुर । हेटौंडामा भोलि(मंगलबार)देखि निःशुल्क ज्वरो र डेङ्गु परीक्षण शिविर सञ्चालन हुँदैछ । टोल विकास संस्था नगर समन्वय समितिको अगुवाइमा हेटौंडा उपमहानगरपालिका र हेटौंडा अस्पतालको सहकार्यमा मंगलबार निःशुल्क ज्वरो उपचार कक्ष स्थापना भइ निःशुल्क रुपमा ज्वरोको र डेङ्गुको परीक्षण शिविर सञ्चालन हुने भएको हो ।

डेङ्गुको संक्रमण मकवानपुरमा पनि फैलिएको कारण शिविर सञ्चालन गर्न लागिएको समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले जानकारी दिए । हेटौंडा अस्पतालमा शिविर सञ्चालन गरिने उनले बताए । ज्वरोका सबै विरामीहरुलाई शिविरमा सहभागिता जनाइ डेङ्गु परीक्षण गर्न अध्यक्ष अधिकारीले आग्रह गरेका छन् ।

टाेल बिकास संस्था नगर समन्वय समितिको अगुवाइमा हेटौंडा उपमहानगरपालिका, टाेल विकास संस्था नगर समन्वय समिति र हेटौंडा…

Gepostet von Dhurba Adhikari am Montag, 23. September 2019

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*