जिप्रका मकवानपुरमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

नवयुग संवाददाता
९ आश्विन २०७६, बिहीबार १३:३७


मकवानपुर। प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा मकवानपुर जिल्लाको हेटौडा उप–महानगरपालिकास्थित जिल्ला प्रशासन कार्यलयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । हेटौडास्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको आजे जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकृत प्रेमराज जोशीले उद्घाट्न गरे ।

जिल्ला प्रशासन कार्यलयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रकम जम्मा गरी सरल र सहज रुपमा जिल्ला प्रशासन कार्यलयको काम गर्न सक्नेछन् । एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज हुने भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*