चरेशसहित हेटौंडाबाट एक युवती पक्राउ

नवयुग संवाददाता
२०७६, ९ आश्विन बिहीबार १३:४१

Advertisement

मकवानपुर। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट अवैध लागूऔषध चरेशसहित एक जना युवतीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा पर्सा पटेर्वा सुगौली गाउँपालिका–१ बस्ने २४ वर्षीया गिता राई रहेको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले ५ केजी अवैध लागूऔषध चरेश बरामद गरेको छ ।

Advertisement

काठमाडौंबाट धरान जाँदै गरेको बा ४ ख ८०६० नम्बरको बसमा चेकजाँच गर्दा राईको साथबाट ५ केजी लागूऔषध चरेस बरामद भएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

Advertisement

यस्तै प्रहरीले भक्तपुर ठिमीबाट हेन्डिल लक तोडी चोरेर ल्याउँदै गरेको लु ५४ प ६०९८ नम्बरको मोटरसाइकलसहित रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ८ का १८ बर्षीय अविनाश चौधरीलाई पनि पक्राउ गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*