महिला एकता साकोसको साधारण सभा सम्पन्न

नवयुग संवाददाता
११ आश्विन २०७६, शनिबार १८:२५


मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं २ भैँसेस्थित श्री महिला एकता वचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । गाउँपालिका प्रमुख हिदम लामाको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । सहकारीले गत आर्थिक वर्ष २०७५/०७६ मा एक करोड एक लाख ८४ हजार ६ सय ४ रुपैयाँ जम्मा आम्दानी गरेकोमा ९३ लाख ५२ हजार ५ सय ५ रुपैयाँ खर्च गरको छ ।

सभामा प्रगति प्रतिवेदन पेश गर्दै सचिव तारा जोशीले गत आ.व.मा १४ पटक सञ्चालक समितिको बैठक बसेको जानकारी दिइन् । सहकारीले गत आ.वमा ३ वटा महिला समूह तथा २ वटा बाल समूह गठक गर्नुका साथै ४३ वटा महस्तपूर्ण प्रस्तावहरुमाथि छलफल तथा निर्णय भएको जनाइन् । संस्थाले विभिन्न समयमा विविध कार्यक्रमहरु समेत गरेको उनले जानकारी दिइन् ।

संस्थाकी अध्यक्ष शर्मिला महतको सभाध्यक्षतामा भएको कार्यक्रममा संस्थाकी व्यवस्थापक शर्मिला ढुङ्गाना, जिल्ला वचत संघ हेटौंडाकी मञ्जुकुमारी थिङ, राष्ट्रिय सहकारी बैँक हेटौंडाका प्रमुख रामेश्वर अर्याल लगायतको आतिथ्यता रहेको थियो ।
साधारण सभामा विभिन्न विधामा उत्कृष्ट रहेका सदस्यहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*