निराशा जगाउने काम नगरौँ :  मुख्यमन्त्री पौडेल

नवयुग संवाददाता
१५ आश्विन २०७६, बुधबार ०९:०६

मकवानपुर । प्रदेश ३ का मुख्यमन्त्री डारमणि पौडेलले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निराशा जगाउने काम नगर्न आग्रह गर्नुभएको छ ।

विजयादशमीको अवसरमा मङ्गलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले प्रदेश सरकारले रचनात्मक कामहरू गरेकाले राम्रो कामको सकारात्मकरूपमा प्रचार गर्न आग्रह गर्नुभयो । उहाँले सरकारलाई गाली गर्ने र नकारात्मक कुरामात्र गर्ने प्रवृत्ति रोक्नुपर्ने बताउँदै सञ्चारमाध्यमका नराम्रा विषय र कामलाई छक्याएर, लुकाएर बस्ने र राख्नसक्ने अवस्था नरहेको बताउनुभयो । सिंहदरबार घर–घरमा भने पनि उल्टो भएको र जनताले अनुभूति गर्ने गरी काम नभएको भन्दै उहाँले थप्नुभयो, “सङ्घीय सरकारका कारण संरचना अभावमा जनताले सहजरूपमा सेवा पाउनसकेका छैनन् ।

”प्रदेश सरकारले सेवाका लागि आवश्यक भौतिक संरचनाहरू निर्माण गरी सेवा प्रदान गर्ने तयारी भइरहेको बताउँदै उहाँले आम जनतालाई उत्साहित बनाउने काममा सञ्चा र कर्मीले सहयोग गर्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो,” समृद्ध नेपाली सुखी नेपाली नेपालको महाअभियान हो सबै जुटेमात्र सफल हुन्छ । ”कार्यक्रममा प्रदेशका प्रमुख सचिव तोयम रायलगायत सञ्चारकर्मीको सहभागिता रहेको थियोध्रयस्तै मुख्यमन्त्री पौडेलले विकृतिरहीत चाडपर्व मनाउन आग्रह गर्नुभएको छ । जिल्ला समन्वय समिति मकवानपुरले दशैँलगायतका पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा विकृति र विसङ्गति मुक्त चाडपर्व मनाउनुपर्ने बताउनुभएको हो । उहाँले समाजमा रहेका विकृति र विसङ्गतिविरुद्ध लाग्नसमेत आग्रह गर्नुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले दशैँ, तिहारलगायतका चाडपर्वले सकारात्मक सोच ल्याउन र विकृति र विसङ्गतिहरूको अन्त्य गर्नेतर्फ लाग्न सबैलाई प्रेरित गरोस् भन्नुभयो । यसैगरी रोटरी क्लब अफ हेटौँडाले विजयादशमीलगायतका पर्वको अवसरमा हेटौँडामा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रम रोटरीका अध्यक्ष इन्द्रप्रसाद नेपालको अध्यक्षता तथा प्रतिनिधि सभाका सदस्य कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यमा भएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*