हेटौंडामा हिरोको टेस्ट ड्राइभ शिविर, डेस्टिनी र प्लेजर प्लसमा आकर्षण बढ्दो

नवयुग संवाददाता
१५ आश्विन २०७६, बुधबार १९:३०

मकवानपुर । हेटौंडाका लागि हिरो मोटरसाइकलको आधिकारिक विक्रेता अलिशा अटोमोटिभले टेस्ट ड्राइभ शिविर सञ्चालन गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नं १७ स्थित हटियामा वुधबार (आज) टेस्ट ड्राइभ शिविर सञ्चालन गरिएको हो । शिविरमा टेस्ट ड्राइभको लागि हिरोले हालै बजारमा ल्याएको डेस्टिनी १२५ –आइथ्रिएस) र प्लेजर प्लस स्कुटर राखिएको थियो ।

हटियाका ३० जना स्थानीयले २ स्कुटरको टेस्ट ड्राइभ गरेको अलिशा अटोमाटिभका सञ्चालक ओम् गिरीले जानकारी दिए । टेस्ट ड्राइभ गरेका सबैले दुवै स्कुटर मन पराएको सञ्चालक गिरीले बताए । आइथ्रीएस प्रविधि जडान भएको कारण डेस्टिनीलाई ग्राहकले रुचाउँदै आएको उनले बताए । आज मात्रै सोरुमबाट ३ वटा डेस्टनी र १ प्लेजर प्लस बिक्री भएको उनको भनाइ छ । यी दुवै स्कुटरमा ग्राहकको आकर्षण बढेको उनले बताए ।

शिविरमा हिरो मोटरसाइकलको विशेषताबारे समेत स्थानीयलाई जानकारी गराइएको थियो ।

हिरोको कुनै पनि मोटरसाइकल खरिद गर्नेलाई अलिशा अटोमोटिभले केही साताअघि देखि थुप्रै अफर ल्याएको छ । जिरो पर्सेन्ट डाउनपेमेन्ट, एक्सचेन्ज अफर, पक्का छुट ५ हजार लगायत विभिन्न अफरहरु सिमित समयसम्म रहेको उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*