शक्तिखोलाका सुकुम्वासी परिवारलाई वडाध्यक्ष कोइरालाद्वारा विद्युत मिटर सहयोग

नवयुग संवाददाता
१५ आश्विन २०७६, बुधबार २०:०२

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं १६ का अध्यक्ष रामकृष्ण कोइरालाले शक्तिखोलाका सुकुम्वासी परिवारलाई विद्युत मिटर सहयोग गरेका छन् । गरिबीले विद्युतको मिटर किन्न नसकेको शक्तिखोलास्थित सुकुम्वासी वस्तीका ५ परिवारलाई वडाध्यक्ष कोइरालाले सहयोग गरेका हुन् ।

सुकुम्वासी वस्तीका श्रीमाष बल, रामबहादुर स्याङबो, सुनबहादुर घलान, भिमबहादुर घलान र शेरबहादुर स्याङतानलाई मिटर हस्तान्तरण गरिएको हो । वडाध्यक्ष कोइरालाका छोरा सरोज कोइरालाले मिटर हस्तान्तरण गरेका थिए ।  मिटर पाएपछि सुकुम्वासी परिवार खुशी भएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*