विश्वविद्यालय बन्ने स्थलको अध्ययन

नवयुग संवाददाता
१६ आश्विन २०७६, बिहीबार ०८:५३

मकवानपुर । मदन भण्डारी विज्ञान प्रविधि विश्वविद्यालय निर्माणका लागि चिनियाँ उच्च स्तरीय टोली मकवानपुर थाहा—९ स्थित चित्लाङमा स्थलगत अध्ययन गरेको छ ।

चिनियाँ ९ सदस्यीय उच्च स्तरीय टोलीले स्थलगत अध्ययन गरेको विश्वविद्यालय विकास समिति अध्यक्ष राजेन्द्रध्वज जोशीले बताएका हुन् । सरकारले विश्वविद्यालयका लागि चित्लाङको ताकाटारमा निर्माण गर्ने निर्णय गरिसकेको छ । विश्वविद्यालय निर्माण गर्न ७ सय ४० रोपनी जग्गा छुट्टयाएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*