भ्रमण वर्ष सफल बनाउन मकवानपुरमा समिति

नवयुग संवाददाता
१६ आश्विन २०७६, बिहीबार ०९:०२

मकवानपुर । भ्रमण वर्ष २०२० लाई प्रभावकारी ढंगले सफल बनाउन मकवानपुरमा जिल्ला स्तरीय सहजीकरण तथा समन्वय समिति गठन गरिएको छ । गठन गरिएको १ सय १ सदस्यीय समितिले भ्रमण वर्ष सफल पार्न कात्तिक १० सम्म स्थानीय तहमा गठित भ्रमण वर्ष सहजीकरण तथा समन्वय समितिसँग छलफल गरी स्थानीय तहहरूमा भएका पर्यटन स्थल तथा पर्यटन गन्तव्यको खोजी गरी सूचीकृत गर्ने निर्णय गरेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*