हेटौंडामा सवारी दुर्घटना हुँदा न्यौपानेको मुत्यु

नवयुग संवाददाता
१७ आश्विन २०७६, शुक्रबार ०७:५२

हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १ चाइना गेट नजिक सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

हेटौंडा ११ बाट हेटौंडा बजारमा तर्फ आउदै गरेको ना८ ३८७२नम्बरको तेल ट्याङ्करले सोही दिसाबाट आउदै गरेको ना५६ प ४९३५ नम्बरको मोटरसाइकल ठक्कर दिँदा मोटरसाइकल सवार हेटौंडा १ चनाइक्वाटर निवासी ३५ वर्षीया सिता न्यौपानेको मुत्यु भएको छ।

न्यौपानेको घटनास्थलमै मृत्यु भएको हो। मोटरसाइकल चालक निजको श्रीमान ४५ बर्षीय ससि न्यौपाने सामान्य घाइते रहेको जनाइएको छ। ठक्कर दिने टयाङ्कर तथा टयाङ्कर चालक प्रहरी नियन्त्रणमा रहेका छन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*