५० कैदीबन्दी भीमफेदी सारिए

नवयुग संवाददाता
१७ आश्विन २०७६, शुक्रबार ०९:०२

भरतपुर । चितवन जिल्ला कारागार भरतपुरका ५० जना कैदीको स्थानान्तरण गरिएको छ । कैदीबन्दीको चाप बढेपछि उनीहरूलाई स्थान्तरण गरिएको हो ।

कारागार व्यवस्थापन विभागसँगको सहकार्यमा कारागार कार्यालय भीमफेदीमा पठाइएको शाखा अधिकृत कमलप्रसाद काफ्लेले बताए ।

हेटौंडामा महिला बन्दी गृह नहुनु र नवलपुरमा कारागार कार्यालय नबन्दा यहाँ कैदीबन्दीको चाप बढेको प्रमुख काफ्लेको भनाइ छ । स्थानान्तरण गरिएका मध्ये लागूऔषध मुद्दाका २४ जना, जबरजस्ती करणीका ११, सवारी ज्यान ६, ज्यान मार्ने उद्योगका २, चोरीका ३, बहुविवाहका १, हाहतियारसम्बन्धी १, कर्तव्य ज्यानका १ र जिउ मास्नेबेच्ने मुद्दाका १ छन् ।

२ सय ५५ पुरुष र २५ महिला क्षमताको भरतपुर कारागारमा अब ७ सय ६२ जना कैदीबन्दी छन् । तीमध्ये ६८ जना महिला र ६ सय ९१ पुरुष हुन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*