कुलेखानी–३ को उत्पादन परीक्षण

नवयुग संवाददाता
१८ आश्विन २०७६, शनिबार ०९:५१

मकवानपुर । कुलेखानी—३ जलविद्युत् आयोजनाको उत्पादन परीक्षण शुक्रबारदेखि सुरु भएको छ । कुलेखानी—३ को २ वटामध्ये एउटा युनिटबाट शुक्रबार उत्पादन परीक्षण गरिएको थियो । अर्को युनिटको शनिबारसम्म उत्पादन परीक्षण गरिने आयोजनाले जनाएको छ । कुलेखनी—३ मा २ वटा युनिट छन् । एउटा युनिटबाट ७ मेगावाट विद्युत् उत्पादन हुन्छ । उत्पादन परीक्षण गर्न चीनबाट चार जना प्राििवधक टोली आएका छन् । उनीहरूले उत्पादन परीक्षण गरिरहेको आयोजना प्रमुख सुवासकुमार मिश्रले बताए । ‘दसैंपछि नियमित र व्यावसायिक रूपमा विद्युत् उत्पादन हुन्छ,’ उनले भने ।

इलेक्ट्रो मेकानिकलको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी जेजियाङ जियालिङको ढिलासुस्तीका कारण ४४ महिनामा सक्नुपर्ने कार्य करिब सय महिना बितेपछि निर्माण कार्य सकिएको छ । परीक्षणको रूपमा उत्पादन सुरु भएको छ । सिभिल वर्कको चीनको सिनो हाइड्रोले पाएको थियो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*