हेटौंडाको चुरियामाई मन्दिरमा खानेपानी

नवयुग संवाददाता
१८ आश्विन २०७६, शनिबार ०९:५५

मकवानपुर । हेटौंडा उपमहनागर—१५ मा पर्ने चुरियामाई मन्दिरमा शुक्रबारबाट खानेपानी सुविधा उपलब्ध भएको छ । खानेपानी अभावमा यस क्षेत्रका नागरिक र भक्तजनलाई समस्या भएकाले अबका दिनदेखि यो समस्या हटेको हो । खानेपानीका तीन वटा धारा निर्माण गरिएका छन् ।

तीनवटै धारामा पानी आएको छ । खानेपानी योजनाको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले यो ऐतिहासिक स्थानमा खानेपानी योजना निर्माण गर्न पाएकोमा खुसी व्यक्त गर्दै थोरै लगानीमा महत्त्वपूर्ण काम भएको बताए । चुरियामाई मन्दिर परिसरमा १० लाख रुपैयाँको लगानीमा तीनवटा धारा निर्माण गरिएका हुन् । हेटौंडा उपमहानगरपालिका, हेटौंडा खानेपानी व्यावस्थापन बोर्ड र चुरियामाई मन्दिर व्यवस्थापन समितिको लगानीमा खानेपानी योजना सम्भव भएको । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*