हेटौंडाको राजदेवीमा करेन्ट लागेर आमाछोराको मृत्यु, बुहारी घाइते

नवयुग संवाददाता
१९ आश्विन २०७६, आईतवार १९:०१

मकवानपुर । आफ्नो बारीमा घाँस काट्दै गरेका आमाछोराको करेन्ट लागेर मृत्यु भएको छ। सोही परिवारको बुहारी घाइते भएकी छिन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसा हेटौंडा उपमहानगरपालिका १७ राजदेवीमा आइतबार करेन्ट लागेर आमाछोराको मृत्यु भएको हो।

मृत्यु हुनेमा ५५ वर्षीया लेखमाया पराजुली र उनका छोरा २८ वर्षीय मदन पराजुली रहेका छन्। बारीमा घाँस काटिरहेका उनीहरुमाथि करेन्ट प्रवाह भइरहेको विद्युत तार झरेर लागेको प्रहरीले बताएको छ। घटनामा घाइते भएका उनीहरुको उपचारका क्रममा हेटौँडाको चुरेहिल हस्पिटलमा मृत्यु भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।

बारीमाथिबाट लगिएको विद्युत प्रवाह भइरहेको तार छिनेर बारीमा खसेको थियो। सुरुमा आमा लेखमायालाई करेन्ट लागेपछि बचाउन गएका छोरा मदन र बुहारी रेनुकालाई समेत करेन्ट लागेको थियो। रेनुकाको उपचार भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*