तिहारभित्र कुलेखानी तेस्रो हस्तान्तरण गर्ने तयारी

नवयुग संवाददाता
२०७६, १ कार्तिक शुक्रबार १०:५६

Advertisement

मकवानपुर । मकवानपुरस्थित कुलेखानी तेस्रो जलविद्युत आयोजना व्यवसायिक उत्पादनको तयारीमा जुटेको छ। आयोजना निर्माण तोकिएको भन्दा ५६ महिना ढिला गरि सकिएको छ। परीक्षण उत्पादन सफल भएपछि सक्दो चाँडो नियमित र व्यवसायिक उत्पादन सुरु गरिने आयोजनाले जनाएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका १ सानुटारस्थित आयोजनाले हालसम्म १ लाख १२ हजार युनिट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारणलाइनमा पठाइसकिएको जनाएको छ।

Advertisement

कुलेखानी दोस्रोबाट पास भएको १३ दशमलव ५ क्युसेक पानीमा स्थानीय खानीखोलाको २ दशमलव ५ क्युसेक पानी थप गरी कुलेखानी तेस्रोको टनेलमा पठाउने गरी निर्माण गरिएको छ। आयोजनाको दुईवटा युनिटमध्ये एउटाबाट दसैँ अघि र अर्कोबाट असोज १७ गतेबाट परीक्षण उत्पादन सुरु भएको हो । हाल टर्वाइन, जेनेरेटरलगायत मेसिनको क्षमता परीक्षणको काम भइरहेको कुलेखानी तेस्रो आयोजनाका उपप्रबन्धक धिरेन्द्र चौधरीले बताए।

Advertisement

आयोजनाभित्र रहेका दुई युनिटबाट १४ मेगावाट विद्युत् उत्पादन हुनेछ । तर कुलेखानी दोस्रोले छाडेको पानीका आधारमा यसले विद्युत् उत्पादन गर्नुपर्ने भएकाले तोकिएको क्षमतामा घटबढ हुनसक्नेछ । कुलेखानी दोस्रो आयोजना भैँसेबाट ४ दशमलव २ किलोमिटर सुरुङमार्फत् आयोजनास्थल सानुटारसम्म पानी ल्याइएको छ।

Advertisement

सम्झौताअनुसार चार वर्षमा सकिनुपर्ने ठेकेदारको ढिलासुस्तीका कारण थप सात वर्ष निर्माण अवधि लम्बिएको थियो । यो बीचमा नेपालीले धेरै विद्युतीय समस्या खेप्न बाध्य भए। काममा ढिलाइ गरेबापत चिनीयाँ कम्पनी जेझ्यिाङ जिन्लुनसँग बिद्युत प्रधिकरणले ८ करोड रुपैयाँ लिक्वीड ड्यामेज असुलसमेत गरेको थियो । तिहारभित्र योजना पूर्ण रुपमा हस्तान्तरण गर्ने तयारी भइरहेको इलेक्ट्रोमेकानिकल तर्फको चिनियाँ ठेकेदार कम्पनीले जनाएको छ।

ठेकेदार जेझियाङ जिल्लुनका नवेश्वर चक्रवर्तीका अनुसार आयोजना निर्माण सुरु गर्दा लागत दुई अर्ब ४३ करोड अनुमान गरिएको थियो । हालसम्म करिब ४ अर्ब रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ । योजना हस्तान्तरण हुँदासम्म साढे चार अर्ब रुपैयाँ खर्च हुने आयोजनाको अनुमान छ। ढिलै भए पनि विद्युत् उत्पादन सुरु भएपछि स्थानीयबासी भने उत्साहित छन् ।

२ अर्ब ४३ करोड रुपैयाँको लागत अनुमान गरी सुरु गरिएको आयोजनाको लागत ४ अर्ब ६३ करोड रुपैयाँभन्दा माथि पुगेको छ। १४ मेगावाट क्षमताको उक्त विद्युत् आयोजना निर्माण सुरु गर्दा प्रतिमेगावाट १७ करोड ३६ लाख खर्च अनुमान गरिएकोमा हाल प्रतिमेगावाट निर्माण खर्च ३३ करोड २१ करोड रुपैयाँ पर्न आएको छ । आयोजनाबाट वार्षिक सरदर ४० दशमलव ६५ मेगावाट विद्युुत् उत्पादन हुने विद्युत् प्राधिकरणले जनाएको छ ।

कुलेखानी तेस्रोको सिभील तर्फको काम सिनो हाइड्रो र इलेक्ट्रो मेकानिकल तर्फको काम जिझ्याङ जिन्लुन चिनीयाँ कम्पनीले गरेको हो ।
नेपालन्यूज अनलाइनबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*