हेटौंडाको शाह मेडिकल हलमा शिलबन्दी

निःशुल्क वितरण हुने औषधि सःशुल्क विक्री
नवयुग संवाददाता
३ कार्तिक २०७६, आईतवार १७:५२

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं ५ सानोपोखरा चोक नजिक रहेको शाह मेडिकल हलमा शिलबन्दी गरिएको छ । सरकारले निःशुल्क वितरण गर्ने जीवनजल समेत पैसा लिइ विक्री गर्ने गरेको पाइएपछि शाह मेडिकल हलमा शिल लगाइएको हो ।

आइतबार(आज) जिल्ला प्रशासन कार्यालय मकवानपुर नेतृव्वमा निस्केको अनुगमन टोलीले मेडिकलमा शिलबन्दी गरेको हो । उपभोक्तावादी, हेटौंडा उपमहानगरपालिकाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थितीमा मेडिकलमा शिलबन्दी गरिएको जनाइएको छ ।

अनुगमनको क्रममा शाह मेडिकलमा जीवनजलसहित सरकारले निः शुल्क वितरण गर्ने अन्य विभिन्न औषधिहरु बिक्री वितरण गर्ने गरेको भेटिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*