राक्सिराङका मोक्तान ११२ किलो गाँजासहित पक्राउ

नवयुग संवाददाता
३ कार्तिक २०७६, आईतवार १८:१४

मकवानपुर। मकवानपुरको राक्सिराङ गाउँपालिका–१ बाट गाँजासहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।घरधनी प्रकाश मोक्तानले घरमा लुकाइराखेको गाँजा १ सय २२ किलासहित उनलाई पक्राउ गरिएको जनाइएको छ । घरमा गाँजा लुकाएर राखेको सूचना पाएपछि प्रहरी गाउँ गएको थियो ।

उक्त सूचनाका आधारमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटांैडा र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक पवनकुमार झाको कमाण्डमा टोली खटियो ।

संयुक्त टोलीले करिब ३३ वर्षीय मोक्तानको घरमा चेक गर्दा ६ वटा बोरामा लुकाइराखेको लागुऔषध गाँजा १ सय २२ किलो १ सय ग्राम फेला पारेको जनाइएको छ ।

उनलाई गाँजासहित नियन्त्रणमा लिएरर जिल्ला प्रहरी कार्यालय हेटौंडामा ल्याइएको छ । उनीविरुद्ध आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मोक्तानलाई २ वर्ष देखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*