विप्लवका मकवानपुर युवा संयोजक ‘शम्शेर’ नेकपामा प्रवेश

नवयुग संवाददाता
३ कार्तिक २०७६, आईतवार १८:२८

मकवानपुर । नेक्र विक्रम चन्द ‘विप्लव’ निकट युवा संगठन नेपालका मकवानपुर संयोजक शम्शेर घिसिङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । हेटौंडामा आइतबार (आज) भएको एक कार्यक्रमबीच संयोजक घिसिङसहित विप्लव निकट अर्का युवा नेता केशव सुनारले नेकपामा पार्टी प्रवेश गरेका हुन् ।

नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलसहित पार्टी जिल्ला सचिवालयका सदस्यहरुले २ युवालाई नेकपामा प्रवेश गराएका हुन् । अब नेकपाको कार्यकर्ता भइ राजनीति गर्ने घिसिङले बताए ।

विप्लव निकट रहँदा घिसिङ थुप्रै पटक पक्राउ परी रिहा भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*