नक्शा प्रकरणमा प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

नवयुग संवाददाता
२२ कार्तिक २०७६, शुक्रबार १८:४०

काठमाडौं । भारतीय नयाँ नक्शाका बारेमा साझा धारणा तय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय परामर्श बैठक बोलाएका छन् ।

शनिबार १२ बजेका लागि बोलाइएको बैठकमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीका साथै प्रमुख दलका प्रतिनिधिहरुलाई समेत बोलाइएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।

भारतीय नक्शाको विरोधमा अहिले प्रदर्शन भैरहेको छ भने यस अघि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर कालापानी नेपालकै भूभाग भएको स्पष्ट गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*