पाँच पत्रकारलाई सम्मान गरिने

नवयुग संवाददाता
२२ कार्तिक २०७६, शुक्रबार २१:१६

काठमाडौँ । नेवाः पत्रकार राष्ट्रिय दबूले राष्ट्रिय समाचार समिति (रासस) का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठसहित पाँच जनालाई पुरस्कृत गर्ने भएको छ ।

यही कात्तिक ३० गते आयोजना हुन लागेको तेस्रो महाधिवेशनको क्रममा पाँच फरक विधामा पुरस्कार प्रदान गर्न लागिएको नेवाः पत्रकार राष्ट्रिय दबूले जनाएको छ । लामो समयदेखि राससमा फोटो पत्रकारका रुपमा कार्यरत श्रेष्ठलाई ‘बाबुराजा ज्यापु फोटो पत्रकारिता पुरस्कार’ प्रदान गर्न लागिएको हो । पुरस्कारको राशि रु दश हजार छ ।

यस्तै याम प्रधानलाई ‘ज्ञानदेवी स्थापित स्मृति पत्रकारिता’ पुरस्कार प्रदान गर्न लागिएको हो । पुरस्कारको राशि रु दश हजार रहेको छ । यस्तै वरिष्ठ पत्रकार तथा साहित्यकार मोहन दुवाललाई ‘वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कार ११४०’ प्रदान गर्न लागिएको छ । पुरस्कारको राशि रु दश हजार छ ।

कान्तिपुर दैनिकमा आवद्ध पत्रकार हिमेसरत्न बज्राचार्यलाई ‘भिक्षु कुमार काश्यप स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ । पुरस्कारको राशि रु ११ हजार १०० रहेको छ । पत्रकार तथा साहित्यकार अमृतलाल श्रेष्ठलाई ‘ज्ञानदेवी लक्ष्मीप्रभा स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गर्न लागिएको दबूले जनाएको छ । सो पुरस्कारको राशि रु २० हजार छ । उहाँ पनि पूर्वराससकर्मी हुनुहुन्छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*