लिटिल फ्लावर सेमिफाइनलमा

नवयुग संवाददाता
२२ कार्तिक २०७६, शुक्रबार २१:५२

धनगढी । यहाँ जारी ‘निष्ट कजेल लिटिल प्mलावर प्रिमियर लिग क्रिकेट प्रतियोगिता’अन्तर्गत आज भएको खेलमा लिटिल प्mलावर स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको क्वाटरफाइनल खेलमा भक्तपुर निष्ट स्कुललाई दुई विकेटले पराजित गर्दै लिटिल प्mलावरले अन्तिम चारमा स्थान बनाएको हो । भक्तपुर निष्ट स्कुलले दिएको १०४ रनको लक्ष्य लिटिल फ्लावरले आठ विकेट गुमाएर तीन बल बाँकी छँदै पुरा ग¥यो । अन्तिम ओभरमा जितका लागि सात रन चाहिएको अवस्थामा लिटिल फ्लावरका किशोर सिंहले दुई चौका प्रहार गर्दै आफ्नो टिमलाई सेमिफाइनल पु¥याए । लिटिल फ्लावरका सुवोध ऐरले २८, आयुव चन्दले १९ तथा विपीन रावल र महेश अधिकारीले समान १३ रन बनाए ।

भक्तपुर निष्टका लागि सोहन यादवले चार तथा दीपेन्द्र ऐरी र धनन्जय शाहले एक/एक विकेट लिए । यस अघि टस हारेर ब्याटिङ गरेको भक्तपुर निष्टले १८ दशमलव तीन ओभरमा सवै विकेट गुमाउँदै १०३ रन बनायो । निष्टका लागि सोहन यादवले २१, दीपेन्द्र ऐरीले १६ तथा सुदीप खड्काले १५ रन बनाए । लिटिल फ्लावरका लागि दिपक रोकायाले चार तथा किशोर सिंह र प्रकाश बडूले तीन/तीन विकेट लिए । लिटिल फ्लावरका किशोर सिंह म्यान अफ द म्याच भए । शनिबार नोबेल एकेडेमी र एबीसी स्कुल तथा लिटल बुद्ध र शारदा माविबीच खेल हुने आयोजक संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिनुभयो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*