विश्वकप छनोट : कुवेतसँग नेपाल १–० ले पराजित

नवयुग संवाददाता
२०७६, ३ मंसिर मंगलवार १६:५१

Advertisement

काठमाडौँ। कतारमा हुने विश्वकप २०२२ को एसिया छनोटको दोस्रो चरणअन्तर्गतको खेलमा नेपाल कुवेतविरुद्ध जित निकाल्न असफल भएको छ । भुटानको चाङ्लामिथाङ स्टेडियममा भएको खेलमा नेपाल १–० ले पराजित भएको हो ।

Advertisement

कुवेतले बदेर अल मुतावाको गोलमा २७औं मिनेटमा अग्रता लिएको थियो । त्यसपछि पनि दुवैतर्फबाट गोलका कैयौं प्रयास भए । तर, दुवै टिम थप गोल गर्न असफल भएपछि अल मुतावाको गोल नै निर्णायक भयो ।

Advertisement

पहिलो हाफको सुरुबाटै नेपाललाई निरन्तर दबाब दिन सफल कुवेत ६३ प्रतिशत बल पोजेसन राख्न सफल भयो भने नेपाल ३७ प्रतिशत पोजेसनमा सिमित भयो ।

Advertisement

यस्तै, नेपालको पोस्टमा कुल १७ सट प्रहार गरेको कुवेतका ५ सट टार्गेटमा गएका थिए । नेपालले प्रहार गरेको ४ वटा सटमध्ये ३ वटा सट टार्गेटमा गएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*