जिसस महासङ्घको प्रदेश भेला सौराहामा

नवयुग संवाददाता
५ मंसिर २०७६, बिहीबार १२:५८

फाइल फोटो

चितवन । जिल्ला समन्वय समिति महासङ्घ प्रदेश नं– ३ स्तरीय भेला आइतबार सौराहामा हुनेभएको छ । भेलामा यस प्रदेशका १३ जिल्ला समितिका सबै सदस्य एवं पदाधिकारी र जिल्ला समन्वय अधिकारीको सहभागिता रहने छ ।

महासङ्घको प्रदेश नं–३ का प्रवक्ता एवं जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार भेलामा हाल देखापरेका समस्या, समाधानका उपाय, समन्वय समितिलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ । भेलामा प्रदेश नं– ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, प्रदेश नं–३ का मुख्य सचिवलगायतका व्यक्तिको उपस्थिति रहने डल्लाकोटीले जानकारी दिनुभयो ।

भ्रमण वर्षको सङ्घारमा प्रदेशभरका समितिको उपस्थिति चितवनमा हुनु आफैमा महत्वपूर्ण रहेको उहाँको भनाइ छ । जिल्ला समन्वय समितिमा प्रमुखसहित नौ जना सदस्य हुने गर्दछन् । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*