बर्जस्ती करणी अभियोगमा वृद्ध पक्राउ

नवयुग संवाददाता
७ मंसिर २०७६, शनिबार १३:५८

चितवन । जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले एक वृद्धलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२९ निवासी ८० वर्षीय दिलबहादुर गुरुङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोइरालाका अनुसार दिलबहादुरले छ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो । पक्राउ परेका गुरुङको विषयमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*