अमेरिकाको फ्लोरिडा राज्यमा दुर्घटना, तीन जनाको मृत्यु

नवयुग संवाददाता
८ मंसिर २०७६, आईतवार १९:१७

फ्लोरिडा । अमेरिकाको फ्लोरिडा राज्यको पाल्म बिचमा भएको सवारी दुर्घटनामा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चार माध्यमहरुले सम्प्रेषण गरेको समाचारअनुसार रेल र कार एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको हो । रेलको बाटो पार गरेर अर्कोतर्फ जान खोजीरहेको कारलाई रेलले ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

रेलले ठक्कर दिएको कार पूर्ण रुपमा कुच्चिएको अधिकारीहरुले जानकारी दिएका छन् । रेलतर्फका भने केही क्षति नभएको र कोही पनि घाइते नभएका सो रेल सञ्चालक संस्थाले जनाएको छ । एएनआई

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*