एम्बुलेन्स खरिदका लागि सांस्कृतिक मेला

नवयुग संवाददाता
१४ मंसिर २०७६, शनिबार १३:१३

चितवन । माडीमा सांस्कृतिक तथा पर्यटन मेला गरिने भएको छ । यही मङ्सिर २० देखि २९ गतेसम्म माडी नगरपालिका–१ बरुवा बजारमा मेला आयोजना गर्न लागिएको हो ।

थारू कल्याणकारिणी सभा क्षेत्र नं १ माडीको आयोजना, स्टार स्पोर्टस् क्लब बरुवा र स्वदेश एफएम माडीको सहआयोजनामा मेला हुन लागेको हो । मेलाका संयोजक एवम् थारू कल्याणकारिणीसभाका अध्यक्ष भीमप्रसाद महतोले स्थानीय कला संस्कृतिको जगेर्ना गर्दैै एम्बुलेन्स खरिदका लागि मेला आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

थारू कल्याणकारिणीसभा माडीले सञ्चालन र व्यवस्थापन गर्ने सो एम्बुलेन्सले बाँदरझुलादेखि माडीका अन्य क्षेत्रमा सेवा पु¥याउने बताइएको छ । मेलामा माडीको पर्यटन एवम् संस्कृति झल्कने विभिन्न सामग्रीको प्रस्तुति, थारू, बोटे गाउँ एवम् परिकार प्रदर्शनी तथा माडी स्टार डान्स आइडल प्रतियोगिता सञ्चालन गरिने संयोजक महतोले बताउनुभयो ।

यस्तै मेलामा स्थानीय उत्पादन र सेवाको प्रवद्र्धन, बाल उद्यान, विभिन्न वित्तीय संस्था, अटो, रेष्टुरेन्ट, पर्यटनलगायत गरी करिब १५० कक्ष रहने छन् । महोत्सवमा चर्चित कलाकारको प्रस्तुति रहनेछ । थारू समुदायको बाहुल्य रहेको माडीमा थारू कलाकारलाई पनि विशेष प्राथमिकता दिइएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*