सवारी चालक समाज धादिङद्वारा हेटौंडाका मगरलाई १ लाख सहयोग

नवयुग संवाददाता
१५ मंसिर २०७६, आईतवार १८:२९

मकवानपुर । सवारी चालक समाज धादिङले हेटौंडा १० न्युरेनी बस्ने बिक्रम मगरलाई एक लाख ३८ हजार तीन सय ८३ रुपैयाँ सहयोग गरेको छ ।

मगरले गत जेठ १६ गते शुक्रबार १२ चक्के सवारी चलाउने क्रममा पल्टिएर दाहिने खुट्टा गुमाएका थिए । उनले अब सवारी चलाउन नसक्ने भएका छन् । सवारी चलाउन नसक्ने भए पनि आगामी दिनमा उनी र उनको परिवारलाई राहत पुग्ने उद्देश्यले रकम सहयोग गरेको सवारी चालक समाज धादिङका अध्यक्ष नारायण पन्तले बताए ।

‘हामीले केही समय अगाडी खबर पाएका थियौं, खबर पाएपछि रकम संकलन गरेर रकम हस्तान्तरण गरेका हौं’ पन्तले भने ‘हामीले यसरी दुर्घटनामा परेकाहरुलाई पहिला पनि सहयोग गर्दै आएका थियौं, अहिले हेटौंडा निवासी बिक्रम गत जेठमा दुर्घटनामा परेको थाहा पाएर सहयोग गर्न आएका हौं ।’ अध्यक्ष पन्त, सवारी चालक समाज पुर्व शाखाको अध्यक्ष प्रकाश लुङ्गेली मगर, सदस्यहरु किशोर अधिकारी, प्रेमकुमार बानियाँ, प्रकाश भुजेल लगायतले मगरको घरमै गएर रकम हस्तान्तरण गरेका हुन् ।

विसं २०७४ साल कात्तिकमा स्थापना भएको समाजले सवारी चालकको हकहितमा काम गर्दै आएको अध्यक्ष पन्तले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*