दुर्घटना न्यूनिकरण तथा ट्राफिक नियम सम्बन्धी सचेतना

नवयुग संवाददाता
१५ मंसिर २०७६, आईतवार १८:३३

मकवानपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले हेटौँडा–१८, स्याउली बजारमा स्थित सवारी चालकलाई सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक नियम पालनाका बारेमा जानकारी गराएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक हरि बहादुर क्षेत्रीको नेतृत्वमा गएको प्रहरी टोलीले धरान चतरा सडकखण्ड अन्तर्गत गुडने हलुका र भारी गरी ४५ जना चालकलाई दुर्घटना न्यूनिकरण तथा ट्राफिक नियम पालनाका बारेमा जानाकरी गराएको हो ।

प्रहरीले सुरक्षित तरिकाले सवारी चलाउने ओभरटेक गर्ने तरिका, बिभिन्न रोइ मारकिङ्ग का बारेमा जानकारी गराउनुका साथै ट्राफिक संकेत ईशारा, सवारी बत्ति तथा अन्य सडक सुरक्षा प्रशिक्षण दिएको मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*