हेटौंडाको माथिल्लो ज्यामीरेस्थित हेल्थपोष्टमा प्रसुति सेवा नहुँदा स्थानीय मारमा

नवयुग संवाददाता
१५ मंसिर २०७६, आईतवार १८:५१

मकवानपुर । सुत्केरी व्यथा (प्रसुति) सेवा प्रदान गर्नुपर्ने भएता पनि भवन अभावको कारण हेटौंडा उपमहानगरपालिका माथिल्लो ज्यामीरेमा रहेको हेल्थपोष्टमा सेवा उपलब्ध नहुँदा स्थानीय मारमा परेका छन् ।

२०७२ साल मंसिर ९ गते ज्यामीरे शहरी स्वास्थ्य केन्द्र नामक स्थापना भएको उक्त भवन विद्यालयको भवनमै सञ्चालन हुँदै आएको छ । आफ्नो भवन नहुँदा बिरामी चेकजाँच गर्न आउनेलाई समेत असहजताका साथ सेवा दिन परेको स्वास्थ्यकेन्द्रका प्रमुख प्रकाश बर्तौलाले जानकारी गराए ।

अहिले यहाँ एउटा कोठामा बारेर दुईवटा कोठा बनाएको बर्तौलाले जानकारी गराए । बर्तौलाले भने, धेरै कुराको समस्या छ त्यो संगसंगै, सुत्केरी व्यथा लाग्दा वार्थीङ सेन्टर अभाव हुँदा यहाँका स्थानीयलाई गाहे परेको छ ।

कुनै समय त सुत्केरी व्यथा लागेर आउछन् यहाँ हुदैन भन्ने थाहा पाएपछि, ति महिलालाई तल लेवटमा एक घण्टाको समय लगाई स्वास्थ्यचौकीमा लाने गरेको बर्तौलाले जानकारी गराए । भवन अभावकै कारण चेकजाँच गर्न आउने बिमारीहरुको गोपिनियताको कुरा भङग हुने बर्तौलले गुनासो गरे ।

पुन निमार्ण प्राधिकरणले भवन बनाउने जिम्मा लिने भनेको थियो तर हालसम्म टेण्डरको समेत अत्तोपत्तो नभएको बर्तौलाले गुनासो गरे । उनका अनुसार स्वास्थ्यकेन्द्रमा कार्यालय सहयोगी, आफ्नो भवन र वार्थीङ सेन्टर भए आफुहरुलाई पनि सेवा दिन सजिलो र स्थानियलाई पनि सेवा लिन सजिलो हुने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*