महिला अधिकारको बढ्दो दुरुपयोगः प्रत्यक्ष पीडित मारमा

मानवी बानियाँ
१५ मंसिर २०७६, आईतवार १८:५८

मकवानपुर । पछिल्लो समयमा महिला विभिन्न समयमा पाउनुपर्ने अधिकार हनन् भयो भन्दै माग गर्ने गर्छन् । तर, कतिपय महिलाहरु त्यस अधिकार प्राप्त गर्ने क्रममा आफनो कर्तव्य पालना गरेको भने देखीन्न ।

घरेलु हिंसामा जकडिएका महिलाहरुको उत्थान नहुुदासम्म कुनै पनि मुलुकको विकास हुन सक्दैन । आधा आकाश ढाक्ने महिलाले सामाजिक, सांस्कृतिक स्वतन्त्रता र राज्यबाट विशेष अधिकार पाउनुपर्दछ । तर, स्वतन्त्रता र अधिकारको दुरुपयोग नहोस भन्नेतिर पनि सोच्न जरुरी रहेको छ । मकवानपुरमा पनि महिलाहरु आफ्नो कर्तव्य के हो भनि बुझदै नबुझी मलाई अधिकार चाहिँ भनि माग गर्न आउनेको कमी छैन् । कतिपय महिलाहरु आफ्नो अधिकारको दुरुपयोग अधिकार प्राप्त गर्न खोज्ने पनि रहेका मकवानपुरका महिला अधिकारकर्मीहरुको भनाई छ । यस्ता १/२ जनाले गर्दा साच्चै नै पिडामा परेका महिलालाई भने पक्कै पनि प्रत्यक्ष असर भने पारेको छ ।

मकवानपुर जिल्ला भीमफेदी गाँउपालिककाकी उपप्रमुख पार्वती रानाले एक कार्यक्रममा बताएकी थिइन्, अधिकांश महिलाहरु अधिकार प्राप्त गर्नको निमित्त आफ्नो कर्तव्य के हो र मैल अधिकार प्राप्त गर्दा के गर्नुपर्ने हो भन्ने कुरा थाहा नपाउँदा नपाउँदै अधिकारको हनन् गर्ने पनि छन् । अधिकारको दुरुपयोग गर्ने महिला अहिलेको समयमा बढ्ेको उनले बताएकी थिइन् । । बैदेशीक रोजगारमा गएको पत्नि छोराछोरी छोडेर माईतमा बस्ने र पति आईसकेपछि पतिको घर गई अंश चाहियो भन्दै उजुरी गर्ने महिलाले अधिकारको मजाक बनाएको उनले बताईन् । कतिपय महिलाले जानी जानी यस्तो गर्छन् भने कति चाहिँ जनचेतनाको कमीले नै गर्ने गरेका उनको भनाई छ ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालयमा महिला सेलका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठका अनुसार्, अधिकार प्राप्त गर्नको निमीत्त आफै महिला स्वंयम मुद्धा हाल्न आउछन् । तर, पछि अनुसन्धान गर्दै जाने क्रममा महिला नै घर छोडेर हिड्ने परपुरुषसंग लाग्ने भन्ने कुरा प्रमाणीत भईदिने श्रेष्ठले बताए । यस्ता खाले समस्याले प्रत्यक्ष पिडितलाई ठुलो असर पुग्ने उनको भनाई छ ।

माईति नेपाल मकवानपुरका मन लामाले महिला पिडित त धैरै छन् तर त्यस महिला अधिकारलाई दुरुपयोग गर्दै आफनो संस्थामा मुद्धा दर्ता गर्न आउने पनि अचेल बढ्न थालेको बताईन्् । पतिको सम्पत्ति पाएर छोडपत्र गर्ने अधिकार दिदा कति विकृति र विसंगति बढेर गएको छ बताईन् । सम्पत्तिसहित छोडपत्र गरिपाउ भन्नेमा विवाह भएलगत्तै माग्नेको संख्या ठूलो छ । जसले गर्दा विवाह गर्ने त्यसपछि सम्पत्ति लगेर दोस्रो विवाह गर्ने प्रवृत्ति समाजमा बढ्दै गएको छ उनको भनाई थियो । यो महिला अधिकार नभएर दुरुपयोग हो । यसले समाजमा अपराधको बीऊ रोप्ने लामाले भनिन । धेरैजसो महिला आफु पिडामा नै भएर अधिकार प्राप्त गर्नको निमीत्त आउछन् । तर पछिल्लो समयमा आएर बैदेशीक रोजगारमा जाने पुरुपको पत्निहरु चाहिँ आफनो कर्तव्यलाई बिर्सेर अधिकार प्राप्त गर्न खाज्ने धेरै बढ्ेको छ । केहि महिलाले अधिकारलाई एक हतियारको रुपमा प्रयोग गरेर हिडिरहेको अवस्था छ उनले गुनासो पोखीन् । यो अवस्थामा चाहिँ साँच्चै पिडामा परेका महिलाको लागी एक आशँका गर्ने वातावरण र्सीजन गर्ने उनले बताईन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*