मकवानपुरमा २५ किलो चरेससहित दुई भारतीय पक्राउ

नवयुग संवाददाता
१६ मंसिर २०७६, सोमबार १५:००

 

मकवानपुर । मकवानपुर प्रहरीले आइतबार राति २५ किलो चरेससहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पालुङबाट हेटौंडातर्फ आउँदै गरेको बा२५प ८७८३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चरेस बरामद भएको हो।

प्रहरी उपरीक्षक मुकेश सिंहका अनुसार पक्राउ पर्नेमा भारत बिहार मोतिहारी सिसुवा ग्राम २ का ३५ वर्षीय राजेश यादव र ऋषिकुमार यादव छन्।

राति करिब साढे ९ बजे प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले मोटरसाइकलको ट्यांकीमुनि फल्स बटम बनाएर लुकाइछिपाइ ल्याइएको चरेस बरामद गरेको सिंहले बताए। पक्राउ परेकामाथि अनुसन्धान थालिएको सिंहले बताए।

सो चरेस कहाँबाट ल्याइएको भन्नेबारे पक्राउ परेकाबाट खुलेको छैन। लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम दण्ड सजाय दुई वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। उनीहरूलाई सोही ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*