स्वदेशमै सम्भावना देखेर ड्रयागन खेती

नवयुग संवाददाता
२०७६, २५ मंसिर बुधबार १६:०२

Advertisement

मकवानपुर । हरेकदिन १ हजार भन्दा बढी युवा स्वेदशमा रोजगारी पाइएन भन्दै खाडी मुलुक गइरहेका छन् । मेहनत र परिश्रम गरे स्वदेशमा पनि सम्भावना छ भन्ने युवाहरुको पनि कमि छैन यहाँ ।

Advertisement

हो, स्वेदशमै पनि सम्भावना छ भन्नेमा पर्दछन् मकवानपुरको मनहरी गाउँपालिकाका स्थानीय युवा जसले स्वदेशमै केही गर्ने सोचका साथ नयाँ व्यवसाय शुरु गरेका छन् ।

Advertisement

यहाँका युवाहरुले पहिलो पटक व्यावसायिकरुपमा ड्रयागन फ्रुट खेती शुरु गरेका छन् । मकवानपुरको मनहरी–७, रमौलीका युवाले जागरुक कृषि समूहमार्फत हरिशरण अर्यालले करीब १५ कट्ठा जमीनमा ड्रयागन फ्रुट खेती शुरु गरेका हुन् ।

Advertisement

ड्रयागन फ्रुट, सिउँडी प्रजातिको फल हो । यो फलको उत्पत्ति मेक्सिकोमा भएको मानिन्छ । अन्य मुलुकमा यो फलको खेती व्यावसायिकरुपमा गर्ने गरिएता पनि नेपालमा भर्खर शुरुवात हुन थालेको छ । विदेशमा भन्दा आफ्नै देशमा मेहनत गरेर आर्थिकरुपमा सम्पन्न हुनसक्ने देखेर युवा व्यावसायी अर्यालले बताए ।

युवा समूहले शुरु गरेको सामूहिक फ्रुट खेतीको प्रदेश–३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जेलामाले मंगलवार बिरुवा रोपेर उद्घाटन गरेका छन् । मन्त्री लामाले युवाले गरेको कामको खुलेरै प्रशंसा पनि गरे ।

युवाले अब स्वदेशमै व्यावसायिक कृषि प्रणालीमा आधारित खेती गर्नुपर्ने धारणा राख्दै मन्त्री लामाले स्वदेशमै कृषिकर्म गरेर आम्दानी गर्न सकिने बताए । प्रदेश सरकारले सामूहिक तथा व्यावसायिक खेती गर्ने किसानलाई सहयोग गर्ने नीति बनाएको उनले बताए ।

रोजगारीका लागि विदेशिएका युवा स्वदेश फर्किएर सामूहिकरुपमा आधुनिक पद्धतिबाट कृषि व्यवसाय गर्न शुरु गरेको व्यावसायी अर्यालको भनाइ छ ।

पछिल्लो समय रोजगारीका लागि विदेशिएका युवा स्वदेश फर्किएर आधुनिक पद्धतिबाट कृषि व्यबसायमा लाग्ने क्रम बढ्दै गएको छ । उनीहरुमा विदेशमा भन्दा आफ्नै देशमा मेहनत गरेर आर्थिकरुपमा सम्पन्न हुने धारणा बनेको छ ।

ड्रयागन फ्रुटको मूल्य प्रतिकिलो रू.८०० देखि १ हजार सम्म पर्ने बताइएको छ । यो फल निकै स्वास्थ्यवर्द्धक भएको र यसमा १३ प्रकारका पोषण तत्व पाइने विज्ञहरुको भनाइ छ ।

यसले रोपेको छ महीनापछि उत्पादन दिन शुरु गर्ने बताइएको छ । ड्रयागन फ्रुट उत्पादन भएपछि स्थानीय बजार पाउने कुरामा भने व्यावसायी ढुक्क भने छैनन् । बजारीकरणका लागि स्थानीय सरकारले आवश्यक सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

आर्थिक अभियान/भानुभक्त आचार्य

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*