सुन प्रतितोला ४०० ले बढ्यो

नवयुग संवाददाता
२६ मंसिर २०७६, बिहीबार १९:०८

काठमाडौँ । एक सातादेखि आरोलो लाग्दै आएको सुनचाँदीको मूल्य आज वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनमा प्रतितोला रु ४०० र चाँदीमा प्रतितोला रु १० वृद्धि भएको छ ।

महासङ्घले बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला रु ७१ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ९०० तोकेको छ । यस्तै चाँदीको मूल्य प्रतितोला रु ८४० निर्धारण गरिएको छ ।

अघिल्लो बुधबारदेखि लगातार ओरालो लाग्दै आएको सुनचाँदीको मूल्य बुधबार भने स्थिर रहेको थियो । बुधबार छापावाला सुन प्रतितोला रु ७० हजार ८००, तेजाबी सुन प्रतितोला रु ७० हजार ५०० र चाँदी प्रतितोला रु ८३० मा खरीद बिक्री भएको थियो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*