सिन्धुपाल्चोक केन्द्र बनाएर ४.८ म्याग्‍निच्युडको भूकम्प

नवयुग संवाददाता
२६ मंसिर २०७६, बिहीबार १९:५४

मकवानपुर । सिन्धुपाल्चोक केन्द्र बनाएर ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको छ ।

बिहीबार साँझ ७ बजेर ११ मिनेटमा सिन्धुपाल्चोकको सेर्माथाङ केन्द्र बनाउर उक्त भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

उक्त भूकम्पको धक्का काठमाडौंमा समेत महसुस गरिएको थियो । अहिलेसम्म उक्त भूकम्पबाट कुनै क्षतिको विवरण प्राप्त भएको छैन ।

वि.सं. २०७२ मा गएको महाभूकम्पपछि पराकम्पन आउने क्रम जारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*