कोईरालाको जीवन घटनाको कालखण्डमा आधारित वृतचित्र प्रदर्शन गरिने

नवयुग संवाददाता
२६ मंसिर २०७६, बिहीबार २२:२०

मकवानपुर । स्व. गिरिजा प्रसाद कोईरालाको जीवन घटनाको कालखण्डमा आधारित वृतचित्र प्रदर्शन गरिने भएको छ ।

यही मंसिर २८ गते शनिबारका दिन हेटौंडा उपमहानगरपालिका–४ स्थित ओम्याक्स चलचित्र घरमा प्रजातन्त्रको लागि अपहरण नामक वृतचित्र प्रदर्शन गर्न लागिएको हो । जी।पी।फाउण्डेसनको केन्द्रिय अध्यक्ष पूर्व उपप्रधान एवम् परराष्ट्रमन्त्री सुजाता काईरालाको उपस्थितिमा एक घण्टाको वृतचित्र प्रदर्शन गर्न लागिएको हो ।

लोकतन्त्र, शान्ति र विकासका पर्याय गिरिजा प्रसाद कोईरालाले प्रजातन्त्रको लडाईंमा व्यवहोरेको यातना र नेपाली कांग्रेसले वि.सं २०३० मा विमान अपहरणको समयमा प्रदान गरेको कुशल नेतृत्व कार्यको साहसिक कार्यको सम्झना स्वरुप यो वृतचित्र प्रदर्शन गर्न लागिएको फाउण्डेसनका संयोजक नारायण प्रसाद लम्सालले जानकारी दिए ।

वृतचित्रका लागि आयोजकले तीन सय, पाँच सय र एक हजारका दरले जम्मा तीन सय ५० वटा टिकट रहेको जनाएको छ । यससँगसँगै वृतचित्र प्रदर्शन पश्चात कान्तिलोकपथमा स्थापित जि।पी। कोईराला फाउण्डेसनको कार्यालय समेत उद्घाटन गरिने सचिव रामहरि तिमल्सिनाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*