लोकमार्ग ५० किमि कालोपत्रे

नवयुग संवाददाता
२०७६, २८ मंसिर शनिबार ११:१८

Advertisement

मकवानपुर । दुई वर्ष अघिसम्म पूर्वी मकवानपुरको फापरबारीबाट बिहान छुटेको बस साँझमात्र हेटौंडा आइपुग्थ्यो। तर हिजोभोली पूर्वी मकवानपुरको बकैया र बागमतीका बासिन्दाको लागि हेटौंडा पानी पधेँरे झैँ भएको छ। हेटौंडाबाट करिब ६० किमि दुरीमा रहेको बागमती गाउँपालिकाको कार्यालय झुरझुरे सवा १ घण्टाको मोटर यात्रामा पुगिन्छ। धरान-चतरा-गाइघाट-कटारी-सिन्धुली-हेटौंडा सडक ९मदन भण्डारी लोकमार्ग० का कारण सिन्धुलीसँग सीमाना जोडिएको बागमती र बकैया गाउँपालिकाको मुहार फेरिएको हो।

Advertisement

हेटौंडादेखि सिन्धुलीबजारसम्म १ सय १५ किमि सडकमध्ये ५० किमि कालोपत्रे भइसकेको मदन भण्डारी लोकमार्ग सडक आयोजना हेटौंडाका सूचना अधिकारी केशव ओझाले बताए। ‘सडक दायाँ बायाँ टेवा पर्खाल लगाउने काम ९० प्रतिशत सकिएको छ। सडक कालोपत्रे २०७७ साउन १६ भित्र सकाउने निर्माण कम्पनीसँग सम्झौता छ’, उनले भने। हेटौंडाको चौघडाबजारदेखि सिन्धुली बजारसम्म २१ वटा पक्की पुल निर्माण भएको ओझाले जानकारी दिए। ४ वटा पुल निर्माण भइरहेका छन्।

Advertisement

स्थानीयको अवरोधलगाय विभिन्न समस्याका कारण १५ किमि सडक र २ वटा पुल निर्माणको काम अझै सुरु हुन सकेको छैन। ‘सिन्धुलीको ग्वाङ खोला र अठुवा खोलामा पुल निर्माण सुरु हुन सकेको छैन। स्थानीयसँग समन्वय भइरहेको छ’, आयोजनाका इन्जिनियर तथा सुचना अधिकरी ओझाले भने, ‘सबै पुल २०७७ जेठसम्म निर्माण सकाउनुपर्ने ठेकेदार कम्पनीसँग सम्झौता छ।’

Advertisement

मुआब्जा विवाद कायमै

मुआब्जाबारे टुंगो नलाग्दा हेटौंडाको चिसापानीदेखि चौघडासम्म ४ किमि र सिन्धुलीको धुराबजारमा ४ किमि सडक निर्माण अघि बढ्न सकेको छैन। आयोजनाका नायब सुब्बा राजकुमार अर्यालका अनुसार पहिरोका कारण सिन्धुलीको हाकपारा पहिरोमा २ किमि र मकवानपुरको छतिवनमा फाष्ट ट्र्याकसँग जोडिएको २ किमि सडक कसरी निर्माण गर्ने भन्नेबारे टुंगो लाग्न बाँकी छ।

आयोजनाले मकवानपुरको बकैया र बागमती, सिन्धुलीको हरिहरपुरगढी र मरिन गाउँपालिकामा मुआब्जा बितरण गरिसकेको छ। मकवानपुरमा ८ करोड र सिन्धलीमा करिब ५ करोड रुपैयाँ मुआब्जा बितरण गरिएको आयोजनाका नायव सुब्बा अर्यालले बताए। हेटौंडाको १६, १७ र १८ नम्बर वडाको मुआब्जा बितरणको तयारी अन्तिम चरणमा पुगेको उनको भनाइ छ। आयोजनाका अनुसार हेटौंडा सिन्धुली खण्डमा एक हजार परिवारले मुआब्जा पाउने छन्। उनीहरुको लागि २४ करोड रुपैयाँ सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाइसकेको छ।

७० प्रतिशत काम सकियो

हेटौंडादेखि सिन्धुली बजारसम्मको १ सय १५ किमि सडकको ७० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ। ‘भौतिकतर्फ ६५ प्रतिशत र बित्तियतर्फ ५५ दशमलव ९६ प्रतिशत काम सकिएको छ’, आयोजनाका सूचना अधिकारी ओझाले भने। सिन्धुली हेटौंडा सडक खण्डमा पुल निर्माणको काम जेडआइसीसी-अनक-लुम्बिनी जेभीले भ्याटसहित २ अर्ब ९९ करोड रुपैयाँमा ठेक्कामार्फत काम गरिरहेको छ।

कालिकारस्वच्छन्रराम्केन जेभीले भ्याटसहित ७ अर्ब १० करोड रुपैयाँमा ठेक्का पारेर २०७३ कात्तिकदेखि सडक निर्माण थालेको छ। ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने आयोजनासँग ठेकेदार कम्पनीको २०७३ सालमा सम्झौता भएको थियो। सिन्धुलीको भिमानदेखि उदयपुरको बसाहासम्म १ सय ३५ किमी सडक निर्माण करिव ६५ प्रतिशत सकिएको आयोजनाको गाइघाट कार्यालयले जनाएको छ।

कृष्ण सारु मगर/अन्नपूर्ण पोष्ट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*