मिनीट्रक दुर्घटना हुँदा दुईको मृत्यु

नवयुग संवाददाता
११ पुष २०७६, शुक्रबार १३:४०

नुवाकोट । फोहर विसर्जन गर्न नुवाकोटस्थित सिसडोलमा आउँदै गरेको मिनीट्रक आज बिहान काठमाडौँको तार्केश्वर नगरपालिका–३ स्थित तिनपिप्लेमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

फोहर बोकेर पासाङल्हामु मार्ग हुँदै नुवाकोटको ओखरपौवातर्फ डम्पिङ क्षेत्र जाने सडकमा बिहान १०ः३० बजेतिर भएको दुर्घटनामा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी चौकी तिनपिप्लेले जनाएको छ ।

ना२क ३३८ नंको मिनीट्रक दुर्घटना हुँदा नाम खुल्न बाँकी रहेका चालक र धादिङको गल्छी गाउँपालिका घर भएका अन्दाजी ३० वर्षीय सहचालक कमल लामाको मृत्यु भएको प्रहरी चौकी तिनपिप्लेका प्रहरी नायब निरीक्षक रेशम थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार अनियन्त्रित भएर सडकबाट करीब २० मिटर तल पुगेको मिनीट्रकमा दुर्घटनापछि च्यापिएर उनीहरुको मृत्यु भएको हो ।

ज्यान गुमाएका चालकलाई च्यापिएको स्थानबाट निकाल्न दुर्घटनामा परेको मिनीट्रक नै हटाउनुपर्ने भएकाले स्काभेटर मगाइएको ककनी गाउँपालिकाका उपाध्यक्ष सीता खतिवडा ९लामा०ले जानकारी दिनुभयो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*