वन्यजन्तु पीडित किसानलाई क्षतिपूर्ति

नवयुग संवाददाता
२१ पुष २०७६, सोमबार २०:३१

दोलखा । गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाले वन्यजन्तुले क्षति पुर्याएका किसानलाई क्षतिपूर्ति रकम उपलब्ध गराएको छ । दोलखाको गौरीशङ्कर गाउँपालिका र विगु गाउँपालिकाका किसानलाई वन्यजन्तुले पुर्याएको क्षतिका आधारमा रकम उपलब्ध गराएको हो ।

संरक्षण क्षेत्रअन्तर्गत बसोबास गर्ने विगु र गौरीशङ्करका नौ जना किसानलाई रु एक लाख चार हजार क्षतिबापतको रकम भुक्तानी गरेको छ । अधिकांश किसानको संरक्षण क्षेत्रभित्र रहेका चितुवाले पशु चौपायामा क्षति पुर्याएको र क्षतिबापतको रकम किसानलाई उपलल्ध गराइएको संरक्षण क्षेत्र आयोजनाका आयोजना प्रमुख सत्यनाराण शाहाले बताउनुभयो ।

हालै गरिएको अध्ययनमा २१ संरक्षित वन्यजन्तुमध्ये सात प्रजातिका वन्यजन्तु संरक्षण क्षेत्रमा रहेको प्रमाणसमेत फेला परेको छ । हिउँचितुवा, ब्वासो, रेडपाण्डा, कस्तुरी मृगजस्ता महत्वपूर्ण जनावर संरक्षण क्षेत्रमा रहेका संरक्षण क्षेत्रले जनाएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*