फरार अभियुक्तलाई गोली हानी पक्राउ

नवयुग संवाददाता
२७ पुष २०७६, आईतवार १८:४४

काठमाडौं । प्रहरीले गोली हानेर फरार अभियुक्तलाई पक्राउ गरेको छ । काठमाडौंको बौद्धस्थित जम्बुडाँडामा आइतबार साँझ कर्तव्य ज्यान मुद्दाका फरार विष्णु लामालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको हो ।

लामाको दाहिने खुट्टामा एउटा गोली लागेको छ । उनीमाथि सिन्धुपाल्चोकमा १७ महिने बच्चालाई चिर्पटले हानेर मारेको आरोप पनि रहेको प्रहरीले जनाएको छ । प्रहरी उच्च स्रोतका अनुसार लामामाथि काठमाडौंमा एक विद्यार्थीलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेको छ ।

लामालाई घेरा हाली पक्राउ गर्न खोज्दा भागेपछि गोली चलाइएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई लामो समयदेखि खोजी गरिरहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*