हरेक छ महिनामा देश परिवर्तन गर्ने फेजेन्ट टापु

नवयुग संवाददाता
२७ पुष २०७६, आईतवार २३:०१

एजेन्सी । कुनै पनि ठाउँ कुनै एउटा देशको हुन्छ । तर विश्वमा एउटा यस्तो टापु पनि छ, जसले हरेक छ महिनामा आफ्नो देश परिवर्तन गर्छ । युरोपस्थित फेजेन्ट नामक टापुले हरेक छ महिनामा आफ्नो देश बदलिरहन्छ ।

फ्रान्स र स्पेनले हरेक छ महिनामा यो टापुको लेनदेन गर्छन् । सुन्दा पनि अचम्म लाग्छ, साढे ३ सय वर्षदेखि दुई देशबीचमा यस्तो लेनदेन भैरहेको छ । हरेक वर्ष फेब्रअरी १ देखि जुलाई ३१ सम्म उक्त टापु स्पेनको स्वामित्वमा रहन्छ भने अगष्ट १ देखि जनवरी ३१ सम्म फ्रान्सको स्वामित्वमा ।

दुई देशको साझा स्वामित्व भएको यो टापु २ सय मिटर लामो र ४० मिटर चौडा रहेको छ । मानिसहरु बसोबास नगर्ने यो टापु दुबै देशको सीमा क्षेत्रबाट ५० मिटर टाढा जलक्षेत्रको बीचमा पर्दछ । यो टापुमा दुई देशका जलसैनिक बाहेक अरुलाई जान पनि निषेध छ । यो टापुमा धेरै शाही विवाहहरु तथा कैदी आदानप्रदान समारोहहरु भने सम्पन्न भैसकेका छन् ।

सन् १६५९ मा फ्रान्स र स्पेनबीचको तीन वर्षे युद्ध अन्त्य भएर पाइरेनिजको सन्धी भएसँगै यो टापु साझा स्वामित्वमा रहेको हो । सोही समयदेखि यहाँ ६–६ महिने सासन लागू हुँदै आएको छ । यस टापूमा उक्त सन्धीको स्मारक पनि रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*