आस्था राउतलाई खोज्दै महानगरीय प्रहरी

नवयुग संवाददाता
२०७६, ३ माघ शुक्रबार १८:०२

Advertisement

आफूमाथि अभद्र व्यवहार गरेको भन्दै एयरपोर्ट प्रहरीले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा उजुरी दिएपछि गायिका आस्था राउतलाई सोधपुछ गर्ने भएको छ ।

Advertisement

सीसीटीभी फूटेज र प्रतिवेदन महानगरीय प्रहरी कार्यालयमा आइसकेकाले कार्यालयले अनुसन्धान शुरू गरेको महानगरीय प्रहरी कार्यालयकी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले बताइन् ।

Advertisement

‘प्रतिवेदन आइसकेको छ । हामीले अनुसन्धान शुरू गरेका छौं । अहिले हामीले आस्थालाई फोन सम्पर्क गर्न खोजेका छौं, अहिले भएको छैन,’ एसएसपी बज्राचार्यले बताइन् ।

Advertisement

आस्था राउत र महिला प्रहरी कर्मचारी दुवै पक्षलाई बोलाएर अनुसन्धान गरेपछि कसलाई कारवाही गर्ने भन्ने टुंगो लाग्ने एसएसपी बज्राचार्यले लोकान्तरलाई बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*