धादिङ ट्रक दुर्घटना : ज्यान गुमाउनेको संख्या ६ पुग्यो, ३२ जना घाइते

नवयुग संवाददाता
७ माघ २०७६, मंगलवार १८:०४

धादिङ । धादिङको निलकण्ठ नगरपालिका–८ मा भएको ट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । दुर्घटनामा ३२ जना घाइते भएका छन् ।

धादिङको ज्वालामुखी गाउँपालिका-४, ढोलामण्डलीको दर्शन गरेर फर्किँदै गरेका यात्रु बोकेको ट्रक दुर्घटना भएको थियो । घाइते भएकामध्ये केहीको धादिङ जिल्ला अस्पतालमा उपचार भैरहेको छ भने, केहीलाई हेलिकप्टर मार्फत काठमाण्डौ ल्याउने तयारी भइरहेको जनाएको छ ।

ज्वालामुखी गाउँपालिका ४ बाट धादिङबेसी फर्किँदै गरेको ट्रक निलकण्ठ नगरपालिका-८, मैलीभञ्ज्याङ ससाह ज्यामिरेमा सडकमै पल्टिएको हो। ट्रकमा झण्डै ४० यात्रु रहेको अनुमान गरिएको छ। ट्रकका चालक गम्भीर घाइते भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*