हिटर ताप्दै हुनुहुन्छ ? सावधान ! जान सक्छ ज्यान

नवयुग संवाददाता
२०७६, ७ माघ मंगलवार १८:२७

Advertisement

काठमाडौं । अहिले चिसो निकै बढेको छ । जाडो अर्थात् चिसो बढेसँगै हिटर किन्ने र ताप्नेहरुको संख्या पनि बढेको छ । तपाईले पनि चिसोबाट बच्नका लागि हिटर किन्नुभएकै होला । यसको प्रयोग गर्दा कत्तिको सावधानी अपनाईरहनुभएको छ ?

Advertisement

के तपाई कोठा थुनेर हिटर ताप्दै त हुनुहुन्न ? त्यसो हो भने तपाईले चनाखो हुने पर्छ र यसका बेफाइदाबारे जान्ने पर्छ । यदि हिटर ताप्दा सावधानी अपनाईएन भने यसले ठुलो दुर्घटना पनि निम्त्याउन सक्छ । हिटरको प्रयोग गर्दा ध्यान दिन नसके निसास्सिएर ज्यानै समेत जान सक्छ ।

Advertisement

हिटरबाट कार्बन मोनोअक्साइड ग्याँस उत्पन्न हुन्छ जुन स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । यसर्थ कोठा बन्द गरेर कहिल्यै हिटर बाल्नु हुँदैन ।
सुत्नुभन्दा अगाडि कोठालाई न्यानो पार्ने र सुत्ने बेला हिटर बन्द गरेर सुत्नुपर्छ ।

Advertisement

हिटरको प्रयोग गर्दा जान्नै पर्छ यी कुरा:-

–हिटर बाल्दा कोठाको झ्याल वा भेन्टिलेसन खुल्ला गर्नुहोस् । हावा पास नहुने बन्द कोठामा हिटर प्रयोग गर्नुहुँदैन् ।

–मुटु तथा श्वास प्रश्वासका रोगीका लागि हिटर प्रयोग हानीकारक मानिन्छ ।

–लामो समय सम्म हिटर प्रयोग गर्दा छालामा समस्या आउने देखिन्छ । त्यसैले लामो समय सम्म हिटर नजिक नबस्नुहोला ।

–सुत्ने बेलामा हिटर बालेर नसुत्नुहोस्, साथै आफु केहि काम गर्दै गर्दा हिटर कोठामा खुल्लै छाडेर बाहिर ननिस्किनुहोस् ।

– आगोबाट जल्ने कुराहरु र केटाकेटीहरुबाट हिटरलाई टाढै राख्नुहोस् ।

लोकपथ डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*